आइतवार, श्रावण २४ गते २०८३

भारतमा कोरोना संक्रमण दर १४ गुणाले बढ्यो

सोमवार , जेठ २०, २०८२

काठमाडौँ । भारतमा कोरोना संक्रमण दर दुई दिनमै १४ गुणा बढेको छ । सक्रिय कोभिड–१९ संक्रमितको सङ्ख्या बढेर तीन हजार सात सय ८३ पुगेको छ। केरला राज्यमा सबैभन्दा धेरै एक हजार चार सय सक्रिय संक्रमित छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २२ मेमा भारतमा २५७ संक्रमित थिए। अहिले सङ्क्रमण १४ गुणाले बढेको छ । पछिल्ला दुई दिनमा २१ जनाको मृत्यु भएको छ। महाराष्ट्र र केरलामा सबैभन्दा धेरै ७/७ जनाले ज्यान गुमाएका छन्।

बेङ्गलुरुमा तीनवटै डोज लिएका एक बिरामीको पनि मृत्यु भएको छ। उनले कोभिड खोपको दुवै डोज र बुस्टर डोज समेत लिएका थिए।

कर्नाटक सरकारले भीडभाडमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्त परीक्षण गर्न सुझाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार