काठमाडौं । नेपाली कामदार कोरिया पठाउन सरकारले सिधा उडानका लागी तेण्डर आह्वान गर्ने तयारी गरेको छ । इपिएस शाखाले कोरिया सरकारले राखेको २ वटा शर्त परा भइसकेको र अब सिधा उडानका लागी समेत टेण्डर आह्वान गर्ने तयारी भएको बताएको छ । बिमा कम्पनीहरु समेत छनौट गरिसकेको जनाउदै अब जहाज भाडाको बिषयमा टेण्डर अन्तिम चरणमा छ ।
कार्यालयका अनुसार सरकारले सोमबार नै टेण्डर आह्वान गर्ने अन्तिम तयारी गरीरहेको छ । यी सबै तयारी पुरा भएपछि र कोरियाले अनुमति दिए कोरिया रोजगारी सुरु हुने छ ।
कोरोना महामारीका कारण ईपिएस माध्ययमबाट कामदार लैजान दक्षिण कोरिया सरकारले नेपाल सरकार सँग नेपालदेखी कोरिया सिधा हवाई उडान (डाइरेक्ट फ्लाइट), कोरोना बिमा र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने र सम्पुर्ण खर्च कामदार स्वयम्ले व्यहोर्नुपर्ने शर्त राखेको थियो ।
जसअनुसार कामदारहरु सबै शर्त मान्न तयार रहेपनि सरकारले समस्या समाधानमा चासो नदिँदा लामो समयदेखी कोरिया रोजगारी सुरु हुन सकेको छैन । भाषा पास गरी सबै प्रक्रिया पुरा गरेका कामदारसमेत कोरिया जान पाएका छैनन् । त्यसरी रोजगारीमा जान नपाएर पिडित बनेकाहरुले रोजगारी सुचारु गरिदिन निरन्तर पहल गर्दै आएका छन् ।
यसैविच आइतबारै सिधा हवाई उडानको षिय टुङ्गो लगाईदिन दबाब स्वरुप भाषा पास गरेकाहरुको३५ सय हस्ताक्षरआज सम्वन्धित विभाग र कार्यालयहरुमा बुझाएका छन् । बिशेष गरेर सिधा हवाई उडानमा लाग्ने टिकट शुल्क पनि तिर्न तयार छौ भन्दै सबै श्रमीकहरु हस्ताक्षर सहित प्रतिबद्धता गरेर संसदीय समिति र सम्बन्धित पक्षलाई बुझाएका हुन् ।