बिहिवार, आश्विन १५ गते २०८३

प्रतितोला पाँचसय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधवार , जेठ २२, २०८२

काठमाडौं । बुधबार पनि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँचसय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला २९ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार सातसय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९३ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला दुई हजार ४५ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा दुई हजार सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार