काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्च बढ्ने गरी बजेट विनियोजन भएको बताएका छन् ।
ठूला राजमार्गका लागि छुट्याइएको बजेट पर्याप्त नभएको स्वीकार गर्दै उनले ३ करोड कमका आयोजना नसमेटेकाले आगामी वर्ष घटाउने हिम्मत नगर्ने बताएका छन् । उनले अबका दिनमा संवेदनशील क्षेत्रमा सडकको डिजाइन नै सिमेन्ट र डन्डीको प्रयोग हुने गरी आउने बताएका छन् ।
वातावरण प्रभाव मूल्यांकन भएका नदी र खानीबाट उत्पादन गरी प्रयोग हुने बताएका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले पुँजीगत खर्चको ९० प्रतिशत खर्च हुँदा राजस्वका लक्ष्य र आर्थिक वृद्धि हुने बताएका छन् । निर्माण व्यवसायीका ६ खर्बका आयोजना ठेक्का लागेको बताउँदै स्रोतको व्यवस्थापन गर्न माग गरेका हुन् ।
बजेटमा पूर्वधार क्षेत्र सम्बन्धि छलफलमा वक्तव्य अनुसार ४ हजार ६०० योजना सूचीबाट हटाउन सहजीकरण गर्न अनुरोध गरेका छन् ।