बिहिवार, आश्विन १५ गते २०८३

कहाँ छन् देश छाडेका अफगानिस्तानका राष्ट्रपति? फेशबुकमा लेखे यस्तो मार्मिक पत्र!

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुलुकमा रक्तपान हुन नदिनका लागि आफुले देश छाडेको बताएका छन्। आईतबार राती देश छाडेर भागेका राष्ट्रपति घानीले तालिबानले विजयी प्राप्त गरेको समेत घोषणा गरे।

‘मैले आज निकै कठिन निर्णय लिएँ। तालिबानको सामना गर्ने वा मेरो प्रिय देश छोड्ने विकल्प रोज्नु पर्ने थियो। तालिबान मलाई हटाउन आएका थिए। उनीहरु त्यहाँ सबै काबुल र त्यहाँका बासिन्दामाथि आक्रमणका लागि आएका थिए। रगतको खोलो बग्ने अवस्था आउन नदिनका लागि मैले देश छोड्नु उपयुक्त ठानेँ ।’ उनले फेसबुकमा वक्तव्य जारी गरेर भनेका छन्।

तालिबानले भाला र बन्दुकको बलमा जित हाँसिल गरेको भन्दै घानीले देशबासी, उनीहरुको सम्मान, सम्पति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको उल्लेख गरेका छन् ।

उनी  देश छाडेर छिमेकी देश उज्वेकिस्तानमा शरण लिन पुगेका अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार