आइतवार, श्रावण २४ गते २०८३

भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

शुक्रवार , जेठ २४, २०८२

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकअनुसार, देशमा हाल ५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यीमध्ये धेरैजसो संक्रमित केरलामा छन्। केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्। केरलामा कोभिडका १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ जनामा अहिले कोरोना संक्रमण छ। 

भारतीय मन्त्रालयका अनुसार, जनवरीयता हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार