बुधवार, आश्विन १४ गते २०८३

तीन दिनदेखि सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव भेटियो

आइतवार , जेठ २६, २०८२

काठमाडौं । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जनाएका छन् । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।

उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोसी नदीमा पसेका थिए । दुवै जना सशस्त्र प्रहरीका जवान हुन् । तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए । राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका थिए ।

तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडिएको थियो । त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पानीमा तैरियो । अनि दुई जना नदीमै हराएका थिए । राजवंशीको शव शुक्रबार नै राजविराजमा पोस्टमार्टमपछि आफन्तले लगेर दाहसंस्कार गरिसकेका छन् ।

तर उनीसँगै नदीमा हेलिएका साउद फेला नपरेपछि खोजीका लागि कुरिनटारबाट थप जनशक्ति पठाइएको थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार