काठमाडौँ । विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा सर्वोच्च अदालतले बुधबार महत्त्वपूर्ण फैसला सुनाउँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरूको नियुक्तिको वैधता र प्रक्रियामाथि उठेको प्रश्नमा अदालतले फैसला गर्न लागेको हो ।
चार वर्षसम्म किनारा नलागेका संवैधानिक निकायमा नियुक्ति विवादसम्बन्धी मुद्दाको फैसला आउन लागेको हो । गत १ जेठमा अन्तिम सुनुवाइपछि संवैधानिक इजलासले २८ जेठ बुधबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।