आइतवार, कार्तिक ९ गते २०८३

पाल्पामा विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते, ४ जना गम्भिर

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । काठमाडौंबाट पाल्पाको तानसेन जाँदै गरेको विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तानसेन नगरपालिका–७ कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी प्रभास-सराई भित्रि सडकखण्डअन्तर्गत सालघारीमा सोमबार बिहान दुर्घटनामा परेको हो ।

गाडी सडकभन्दा १५ मिटर तल खसेको छ । दुर्घटनमा परी नरबहादुर कुमाल, बिक्रम गैरे, प्रेमबहादुर बाकवल, हुमबहादुर सारु  गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार