बिहिवार, आश्विन १५ गते २०८३

राजावादीहरुको आन्दोलनमा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग

बुधवार , जेठ २९, २०८२

काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा.प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज वास्तोलाको संयोजनमा पोर्चुगलको लिजवनबाट उपलब्ध सहयोग रकम बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरेका हुन् । उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले उपलब्ध गराएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार