काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिरियरिङ पृष्ठभूमिका सांसदहरूसँग दुई घण्टा छलफल गरेका छन् ।
बुधबार दिउँसो उनीहरूसँग प्रधानमन्त्री शाहले संसद्मा उठेका विषय र त्यसको समीक्षासमेत गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा १७ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य थिए भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै थिए ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकोले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा सुरुमा सांसदहरूले बाढी पहिरोपछिको बस्तुस्थितिबारे कुरा राखे ।त्यसपछि प्रधानमन्त्री शाहले सम्बोधन गरे ।त्यसक्रममा कस्तो सांसदले कस्तो विषय उठाउँछन् भनेर पनि प्रधानमन्त्ती शाहले व्याख्या गरे ।
प्रधानमन्त्री शाहले अभिव्यक्तिका दृष्टिमा सांसदहरूलाई तीन स्वरुपमा वर्गीकरण गरे ।