काठमाडौँ । सेयरबजार आज पनि घटेको छ। नेप्से ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ४ अर्ब ७६ करोडको कारोबार भएको छ। यसमा १०९ वटा बढ्दा १५७ वटा घटेका र १३ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्।
बढेकामध्ये सिन्धु विकास बैंकका लगानीकर्ताले १४.३७ प्रतिशत प्रतिसेयर आम्दानी गर्दा बाँकीले ८.४१ प्रतिशतसम्म आर्जन गरेका छन्। यस दिन अधिकतम गिरावट दर ३.७८ प्रतिशत मात्रै छ।
कारोबारमा भने घलेम्दी हाइड्रोपावरको सर्वाधिक ३९ करोडको कारोबार भएको छ। बाँकी २२ करोडसम्म भएका छन्। बुधबार जलविद्युत्, सामूहिक लगानी कोष र व्यापार सूचक बढ्दा बाँकी घटेका छन्।