काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको सेयरधनीलाई दिन प्रस्ताव गरिएको १५ प्रतिशत लाभांश पारित भएको छ।
बुधबार बसेको ३२औँ वार्षिक साधारणसभाले सेयरधनीहरुका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित बोनस सेयर जारी भएपश्चात् पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।
साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पनि पारित गरिएको छ।
आ.व. २०८३/८४ को लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।