आइतवार, कार्तिक ९ गते २०८३

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारले दियो निर्देशन

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु उक्त मुलुक छोड्न विमानस्थल पुगेका छन् । हाल सामाजिक संजालमा भाइरल भैरहेको भिडियोमा मानिसहरु प्लेनमा सकिनसकी चढेको देखिन्छ ।

तालिवानले भने आफ्ना देश फर्कन चाहनेहरुलाई जान दिने बताएको छ । तालिवान राजधानी काबुल पुगेपछि राष्ट्रपति घानीले देश छोडीसकेका छन् । उनि छिमेकी देश उज्वेकिस्तानमा सरणमा रहेको समाचारमा जनाइएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार