काठमाडौँ । दिउँसो १ बजे र ३८ मिनेटमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक लिएर एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बेलायतका लागि उड्छ ।
तर, उडेको दुई मिनेटमा नै भारतको अहमदाबादमा उक्त बिवान दुर्घटना हुन पुग्यो । दुर्घटना पश्चात विमानमा भिषण आगो लागेको थियो । विमान सिभिल अस्पताल होस्टेलको भवनमा ठोक्किएको खुलेको छ। त्यतिबेला होस्टेलमा ५० देखि ६० जना इन्टर्न डाक्टरहरू थिए। सबैजना खाना खाइरहेका थिए।
दैनिक भास्करका अनुसार आफ्नो संवाददाता घटनास्थलमा पुग्दा त्यहाँबाट छ जनाको शव निकालिएको पुष्टि भएको जानकारी दिएका छन्। केही डाक्टरहरुको समेत ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ।
विमानमा लागेको आगोबाट निस्केको धुवाँका कारण होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ। जताततै भग्नावशेष मात्र देखिएको थियो । अहिले विमानमा सवार २४१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । किन की होस्टेलका डाक्टहरुको पनि ज्यान गएको अनुमान गरिएको छ ।
यात्रुहरु जलेर खरानी भएका छन् । शव पहिचान गर्न सक्ने अवस्था नै छैन । विमान दुर्घटनाका प्रत्यक्षदर्शीले भूकम्प आएको जस्तो महसुस भएको बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। जब हामी यहाँ आयौं, अनि मात्र दुर्घटनाबारे मलाई थाहा भयो। जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै लाशहरू छरिएका थिए ।’ विमा दुर्घटनाले गर्दा विश्वलाई नै स्तब्ध बनाएको छ ।