बिहिवार, आश्विन १५ गते २०८३

मलेसियाका प्रधानमन्त्री यासिनले बुझाए राजिनामा, आखिर किन ?

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन् । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । यासिनले प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना नबित्दै राजीनामा दिएका हुन् ।

समाचार संस्था एपीका अनुसार उनले सोमबार राजालाई राजीनामा पत्र बुझाएका छन् । २२२ जना सांसद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए । गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई राजीनामा दिन दबाब दिएको थियो । पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार