बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुनको मूल्य

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौँ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य  प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार