बिहिवार, आश्विन १५ गते २०८३

नेपालबाट दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । सरकारले आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ। गएको वर्ष कात्तिक ३० गते एकदिन मात्र परीक्षणको रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिएको थियो। 

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो। 

आजदेखि आगामी कात्तिक २९ गते (१५ नोभेम्बर) सम्म अब हरेक दिन ४० मेगावाटका दरले बंगलादेशमा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार