नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।
यस्तै चोटका कारण सोमपाल कामीले पनि सिरिज गुमाउनु परेको छ । यसअघि झा र कामीले आइसिसी लिग–२ को अन्तिम खेल पनि गुमाएका थिए ।
तीन टोलीबिच लिग–२ को सिरिजपछि पुनः टी–२० सिरिज हुन लागेको हो । लिग–२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख ।