आइतवार, कार्तिक ९ गते २०८३

हितेन्द्रदेव शाक्यको प्राधिकरण मोह, पद थमौतीको मागसहित गए सर्वोच्च

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङले कार्यभार सम्हालीरहेका छन् । तर यसअघी प्राधीकरणको कार्यकारी निर्देशकबा पदमुक्त गरी सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा चार वर्षका लागि नियुक्ति गरिएका हितेन्द्रदेव शाक्यले फेरी पुर्नवहालीको माग गर्दै सर्वोच्च पुगेका छन् । 

उनले आफ्नो पुर्व पद थमौतीको माग गदे सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनको रिट सोमबार दर्ता भएको तर पेशी भने तोकिएको छैन । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन् भएको दाबी गरेका छन् ।

शाक्यले आफैंलाई कार्यकारी निर्देशकमा कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । उनले रिटमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गरेका छन् । तर यसअघी कुलमानलाई नियुक्ती दिँदा भने शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दाबी गरिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार