बुधवार, आश्विन १४ गते २०८३

हेटौंडा रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान असार २ गते सोमबार राति मृत फेला परेका हुन् । उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ । मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरीले जानकारी दिएका छन् ।

होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो । उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन् । मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार