आइतवार, कार्तिक ९ गते २०८३

मन्त्री राईले किन ठाँउ छनौट गरी कोदो रोप्न भनिन् ? यस्तो छ कारण 

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोदो फल्ने ठाउँ छनोट गरी लगाउनुपर्ने भनेकी छन् । खासगरी लोकल उत्पादित रक्सीलाई ब्रान्डीङ गरी स्थानियको जिवनस्तर सुधार्नुपर्ने धारणा राख्दै आएकी मन्त्री राइले ठाँउ छनौट गरी कोदो रोप्न भनेकी हुन् ।

सोमबार सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ’ब्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोप्न सुरु गर्ने बताएकी हुन् ।

मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्नेमा समेत जोड दिएकी छन् । उनले विदेशीहरू नेपाली उत्पादन खोजेर बसेपनि हामीले दिन नसकेको भनाई राखिन् ।

उनले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै अवधारणा ल्याइएको बताइन् । कानुन अड्चनहरूलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्नेमा मन्त्री राईले जोड दिएकी छन् । प्रतिवेदन ग्रहण गर्दै उनले समृद्धिको ढोका प्रदेश १ सरकारले खोलेको बताइन् ।

कार्यदलका  संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको उनले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार