बुधवार, आश्विन १४ गते २०८३

मुद्दाको किनारा नलागेसम्म दिलभूषणलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकको मुद्दाको किनारा नलागेसम्म पक्राउ नगर्न आदेश दिएको छ ।

पत्रकार पाठकले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै उच्च अदालतबाट दायर गरेको रिटमा विहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नेदखिदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू नगराउनू भनी असार ३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार