बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तानबारे अमेरिकी राष्ट्रपति भन्छन्: हामीले अर्बौै डलर खर्च गर्यौ, राष्ट्रपतिले त देश पो छाडे

मंगलवार , भाद्र १, २०७८

काठमाडौं। अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुन: विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । 

बाइडेनको सम्बोधनको महत्त्वपूर्ण अंश 

– मेरो राष्ट्रिय सुरक्षा टोली र म आफै पछिल्लो अवस्थाबारे नजर राखिरहेका छौँ । त्यहाँ अमेरिका किन गयो भनेर हामीले हेर्नुपर्छ । हामी त्यहाँ २० वर्ष रह्यौँ । हामीले अलकायदाको नाम निसान मेटायौँ । ओसामा विन लादेनलाई खत्तम गर्‍यौँ । अफगानिस्तानलाई बनाउन हामीले हर प्रयास गर्‍यौँ । अमेरिकाले अलकायदालाई खत्तम गर्ने आफ्नो लक्ष्यमा सफलता हासिल गर्‍यो ।

– जब मैले सत्ता सम्हाले त्योभन्दा पहिले नै डोनाल्ड ट्रम्प तालिबानसँग वार्ता गरिरहेका थिए । १ मेपछि हामीसँग धेरै विकल्पहरू बाँकी थिएनन् । कि त हामी त्यहाँ रहेर तालिबानसँग लड्थ्यौँ या अमेरिकी सेनालाई फिर्ता बोलाउँथ्यौँ । म आफ्नो योजनामा अडिग रहेँ ।

– अफगान नेतृत्वले चाँडै आत्मसमर्पण गर्‍यो । हामीले त्यहाँ अरबौँ डलर खर्च गर्‍यौँ । अफगान सेनालाई प्रशिक्षण गर्‍यौँ । यत्रो ठूलो फौज र हतियार भएको मानिसहरूले कसरी हार माने ? यो पनि सोच्नुपर्छ । यो गम्भीर मुद्दा हो ।

– अमेरिकी त्यहाँ अझै कति बस्थ्यो । एक वर्ष या पाँच वर्ष रु यसले के स्थिति बदलिन्थ्यो रु मैले अशरफ गनीसँग जुनमा कुरा गरेको थिएँ । मैले उनलाई प्रशासनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न भनेको थिएँ । गनीलाई भरोसा थियो कि उनको फौजले तालिबानसँग लड्न सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार