आइतवार, श्रावण २४ गते २०८३

नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यासमा भारतको आँखा !

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक प्रतिवेदनमा १ सय १२ अर्ब घनमिटर ग्यास रहेको र सो ग्यास नेपाललाई ५० वर्ष पुग्ने उल्लेख भएको पुष्टि गरेका छन् । ५० वर्ष पुग्ने ग्यास भेटिनु सामान्य विषय होइन ।

यो ग्यासमा विदेशी शक्तिको आँखा नलाग्ने हो भने नेपालले आर्थिक पक्षमा फड्को मार्नेछ । तर, नेपालको विकास भएको भारतले भने हेर्न सक्दैँन । यस ग्यासमा भारतले आँखा लगाइसकेको चर्चा हुन थालेको छ ।

भारतले नेपालको सीमा मात्र मिच्दैन सरकार फेरबदलदेखि हरेक क्षेत्रकमा हस्तक्षेप गर्दै आएको छ । ५० वर्ष पुग्ने ग्यास नेपालमा भेटिएपछि भारतमा तरंग ल्याएको हो । महाकालीको पानीदेखि सप्तकोशीको पानीमा राज गरिरहेको भारत अब ग्यासमा पनि राज गर्न चाहन्छ ।  

मिथेन ग्यास भेटिएपछि भारतीय मिडियाले निकै चासोका साथ समाचार प्रकाशन गरेका छन् । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक-फरक समाचार बनाएका छन् । त्यसमध्ये इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । इन्डिया टिभीले लेखेको छ, ‘यस्तो खोज भएको छ, जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन ।’

त्यस्तै, नवभारत टाइम्सले ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला र्पायो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । अन्य भारतीय मिडियाले पनि खजाना भेटिएको भन्दै समाचार छापेका छन् । द इकोनोमिक टाइम्स, डेली एक्सिलेसर डटकम, आउटलुक बिजीनेससहितका अनलाइनले पीटीआईकै समाचारलाई साभार गरेको छ ।

अब भारतको रणनीति बनेको यस ग्यासको खानीमाथि आफ्नो पकड बनाउनु हुनेछ । नेपालका नेताहरु पनि भारतले जे भन्यो त्यही मान्न तयार हुन्छन् । भारतको चेतावनीमा महाकाली सन्धि, कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि गरेर नेपाल सरकारले ठुलो भुल गरेको छ । तर, अब भारतले ग्यास खानीमा पनि आफ्नो पकड राख्नको लागि नेपाल सरकारलाई दबाब दिने नदिनेबारे समयले नै बताउनेछ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार