काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।
गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने ३२ वर्षीय महेश्वर लामाले उनीमाथि चक्कु हानेको आरोप छ । आपसी विवाद भएपछि सुकबहादुरलाई उनले घाँटीमुनि चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।
चक्कु प्रहारबाट घाइते भएका उनलाई सुरुमा गोदाम स्वास्थ्य चौकीमा उपचार गराइएको थियो । कुटपिटमा संलग्न भनिएका महेश्वरलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।