आइतवार, श्रावण २४ गते २०८३

अमेरिका र भारतमा रास्वपाको लोकप्रीयता : कारागारबाटै कांग्रेस -एमालेसँग भिड्ने रविको निष्कर्ष

सोमवार , आषाढ ९, २०८२

काठमाडौँ । रवि लामिछाने नेतृत्वको रास्वपाको विदेशमा निकै राम्रो लोकप्रीयता देखिएको छ । टेलिभिजनमा छँदा विदेशमा दुख पाएका नेपालीहरुको उद्धारका लागि रवि लामिछानेले अभियान नै चलाएका थिए । उक्त अभियानले रवि निकै लोकप्रीय बनेका हुन् । 

सायद त्यसैले होला अहिले विदेशमा भएका नेपालीहरुको आक्रषण रास्वपाप्रति देखिन्छ ।  प्रवासमा ठूलो संख्यामा नेपालीहरु रहेको तथ्य र उनीहरुको सहानुभूतिले चुनाव जित्न सकिने संकेत बुझेका रास्वपाका नेताहरु यतिखेर नेपाल बाहिर संगठन विस्तारका लागि अभियानमा छन् ।

केन्द्रीय सदस्य सोबिता गौतम, सांसद हरि ढकाल लगायतका केही नेताहरु भारतको बंगलोरमा छन् भने कार्यवाहक सभापति डिपी अर्याल, सुमन पाण्डे लगायतका नेताहरु दुबई पुगेका छन् । 

उनीहरुको उदेश्य ०८४ मा स्वदेश आएर रास्वपालाई भोट दिउन भन्ने हो ।  जसअनुसार रास्वपाकी सांसद तोसिमा कार्की अहिले अमेरिकामा छिन् । कार्की भने झण्डै दुई साता लामो कार्यक्रम लिएर अमेरिका पुगेकी हुन् । आइतबार अमेरिकाको ड्यालसमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा तोसिमाले मेरो विदा मेरो देशको लागि, मिसन ०८४ लेखिएको ब्यानर लिएर उपस्थित भएकी थिइन् ।

त्यहाँ उनले संसदमा बहुमत नल्याएसम्म देशमा चाहे जस्तो परिवर्तन गर्न नसकिने महसुस भएको उल्लेख गर्दै २०८४ सालमा रास्वपालाई बहुमत दिलाउन प्रवासबाट समेत सहयोग चाहिएको उल्लेख गरिन् । यदि रास्वपाले बहुमत ल्याउन सक्यो भने देश र जनताको अवस्था परिर्वतन हुने उनको दाबी थियो ।

त्यस्तै सोबिता गौतम र हरि ढकालले भारतको कर्नाटक राज्यमा अन्तरक्रिया कार्यक्रम गरे । उक्त कार्यक्रममा बाक्लो उपस्थिति थियो । त्यहाँ उनीहरुलाई नेपालीहरुले भब्य स्वागत गरेका थिए । रवि दाई जिन्दावाद भन्दै नारा पनि लगाइएको थियो । 

देश बाहिर भएका नेपालीहरुले रास्वपाका नेताहरुको मनोबल बढाएका छन् । सभापति लामिछाने जेल परेपछि निराश भएका रास्वपाका नेताहरु विदेशमा भएका नेताहरुको साथले उत्साहीत भएका छन् । 

रवि लामिछानेले कारागारबाटै एमाले कांग्रेससँग भिड्ने निष्कर्ष निकालेका छन् । साथै रविले रास्वपाको नेतृत्व कारागारबाटै गर्ने पनि निर्णय गरेका छन् । 

यसैबीच पार्टी स्थापनाको तेस्रो वर्ष पूरा रास्वपाले यो अवधिमा विभिन्न उतारचढाव भोग्दै चौथो वर्षमा प्रवेश गरेको छ । रास्वपा चौथो वर्षमा प्रवेश गरेको अवसरमा रविले आफूलाई न्याय दिन जनतासँग आग्रह गरेका छन् । 

कुनै समय टेलिभिजन कार्यक्रममार्फत अन्यायमा परेकाहरूलाई न्याय दिलाउने अभियान चलाएका रवि लामिछानेले आज आफैँमाथि अन्याय भएको भन्दै भैरहवा कारागारबाट एक सन्देश पठाएका छन् । शनिबार पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा लामिछानेले २० पृष्ठ लामो, करिब पाँच हजार शब्दको सन्देश पठाएका हुन् ।

भैरहवा कारागारबाट पठाइएको सन्देशमा रास्वपाका संस्थापक सभापति लामिछानेले आफूमाथि सिंगो राज्य संयन्त्र नै नियोजित र संगठित रूपमा लागेको आरोप लगाएका छन् । उनले सन्देशमा भनेका छन्, ‘अब मसँग हाड, छाला र श्वास मात्र बाँकी छ । मेरो प्राण यही कारागारमा गए पनि देशमा परिवर्तनको घण्टी बजिसकेको छ ।’

आफूमाथि लागेको सहकारीको रकम अपचलनको आरोप खण्डन गर्दै उनले आफू कुनै पनि सहकारीको सदस्यसमेत नरहेको स्पष्ट पारेका छन् । त्यस्तै पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको गरेको थियो । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार