काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि त्यँहाका शैनिक भने आफ्नो ज्यान जोगाउन भाग्नु परेको छ । राष्ट्रपति घानीले नै देश छोडेपपछि शैनिकहरु पनि आफ्नो ज्यान जोगाउन भाग्न थालेका छन् । आइतबार राजधानी काबुलनै तालिबानले कब्जा गरेपछि राष्ट्रपति घानी देश छोडेर उज्वेकिस्तानमा शरण लिन पुगेका छन् । अफगान शैनिक पनि छिमेकी उज्वेकिस्तान पुगीरहेका छन् ।
वितेको ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक उज्बेकिस्तान पुगेको समाचारमा जनाइएको छ । बीबीसीका अनुसार ६०० जना अफगान सैन्य विमानमार्फत् उज्बेकिस्तान पुगेको छन् । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।
यी विमानलाई स्कर्टिङ गरेको जनाइएको छ । साथै एक अफगान विमान र उज्बेक लडाकु विमान भने आपसमा ठोक्किएको पनि उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् । तर एक अफगान सेनिक विमानलाई भने उज्वेकिस्ताको रक्षा मन्त्रालयले अवैध रुपमा सिमा क्षेत्रमा पुगेको भन्दै सिमामै खसालीदिएको जनाइएको छ । उक्त घटनाबारे विस्तृत विवरण भने दिइएको छैन ।