बुधवार, आश्विन १४ गते २०८३

बाढी महाशाखाको चेतावनी: आज काठमाडौँसहित यी ५ जिल्लामा उच्च सतर्कता अपनाऔँ

बिहिवार , आषाढ १२, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १२, बिहीबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत ३५ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन आवश्यक छ। 

महाशाखाको बुलेटिनअनुसार ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि तर बढ्न सक्ने भएकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। 

यस्तै आज जिल्लाका हिसाबले मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले यी जिल्लाका नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। 

साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यागदी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको देखिएकाले ती जिल्लाका नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन भनिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार