आइतवार, कार्तिक ९ गते २०८३

लुम्बिनीका सांसद शाही र वलीलाई पदमुक्त गर्न एमालेको सभामुखलाई पत्र

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । पार्टीको ह्वीप नलाग्ने दावी गर्दैै आएका लुम्बिनी प्रदेश सभाका सांसद अजय शाहीलाई एमालेले पदमुक्त गर्न सभामुलाई पत्र बुझाएको छ । शाहीसंगै प्रदेश सांसद विमला खत्री वलीलाई पनि पदमुक्त गर्न भनिएको छ । 

सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी विमला वलीले पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न एमालेले प्रदेशसभामा पत्र बुझाएको हो । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन् ।

शाही चार दलीय गठवन्धनको सरकारमा विना विभागी मन्त्री बनेका छन् । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेको पत्रबारे विस्तृक अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार