काठमाडौं । अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेपछि अब कस्तो शासन होला भन्ने सबैमा त्रास छ । विशेषगरी त्यहाँका स्थानिय तालिबानको यसअघीकै जस्तो क्रुर शासनको त्रासमा छन् । राष्ट्रपति सहित सैनिक समेत ज्यान जोगाउन भागेर छिमेकि मुलुक उज्बेकिस्तान पुगेका छन् । मुलुक छोड्ना छाहने धेरै भएपनि छोड्ना सकिरहेका छैनन् । यहिविचमा शासनसत्ता कब्जा गरेको तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो । मंगलबार एक विज्ञप्तिमार्फत् तालिबानले सबैलाई आम माफी दिएको घोषणा गरी पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गरेको छ ।
विज्ञप्तिमा तालिबान नेतृत्वले अफगानिस्तानमा मानवीय कार्य जारी राख्न पनि आग्रह गरिएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहित पठाइएको पत्रमा तालिबानले मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्य जारी राख्ने जनाएको हो ।
आश्वासनले मूर्तरुप पाए सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सघाउन सकिने यूएनएचसीआरकी एशिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले जानकारी दिएको समाचारमा जनाइएको छ ।