काठमाडौं । सरकारले जम्मा २० प्रतिशत संख्या पुर्याए पार्टी विभाजन गर्ने मिल्नेगरी राजनितिक दल सम्बन्धि अधयादेश जारी गरेको छ । यसले एमाले र जसपा फुट्ने आँकलन भइरहेका बेला एमाले नेता माधब कुमार नेपालले पनि पार्टी फुटाउने संकेत गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब एमालेमा बस्नुको अर्थ नभएको बताएका छन् ।
सांसद तथा केन्द्रीय सदस्यको भेलामा सहभागी अन्य नेताहरूले ओलीसँगै पावर शेयरिङ गरेर एकतामा जानुपर्ने बताएपछि नेता नेपालले ओली इमान्दार नभएको भन्दै आक्रोशित भएको समाचारमा जनाइएको छ । लामो समयदेखी पार्टीको आन्तरिक एकता गर्ने भनिएपनि दुई नेताविच सम्वाद नै भएको छैन । यहीविचमा सरकारकाले अध्यादेश जारी गरेपछि अब एमालेका नेपाल समुह र सहित जसपाका महन्थ ठाकुर पक्षलाई सहज हुने देखिएको छ ।