काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । आजै राजनैतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि नेता नेपालले नँया दल दर्ताको तयारी गरेको समाचार आएका छन् । यही विचमा ओली पक्षले भने १४ सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।
पद खारेजीमा परेका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरुदेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी छन् ।