शनिवार, आश्विन २४ गते २०८३

माधव नेपाल भन्छन्, नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा छैनौं

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । नेकपा एमालेका ओली पक्षले बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजी गरेको पत्र संसदमा दर्ता गरेपछि नेता नेपालले अब पार्टी एकताको धोका बन्दा भएको बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताए । 

आफूनिकट जनवर्गीय संगठनहरुको कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टी एकता नचाहेकोले अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्ने र  नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरणसँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरे । 

उनले अहिले नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताए । ओलीकै कारणले पार्टी विभाजनको मोडमा पुगेको बताउँदै ओली सुध्रिए भने फेरि एकता हुनसक्ने र चुनावी तालमेल गर्न सकिने स्पष्ट पारे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार