आइतवार, कार्तिक ९ गते २०८३

मेलम्ची बाढी : थप तीन घर बगायो, अन्य घर रबाटो समेत जोखिममा

बुधवार , भाद्र २, २०७८

काठमाडौं । मनसुनको सुरुवातसंगै वितण्डा मच्चिएको मेलम्चीमा फेरी बाढीले ३ घर बगाएको छ । अविरल वर्षापछि आएकोम बाढीले मंगलबार राति नेपाने बगरको ती घर बगाएको प्रहरीले जनाएको छ ।  साथै बाढीले थप घर र बाटोसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मेलम्ची-६ का कृष्णबहादुर थापा , भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेका प्रहरीले जनाएको छ ।  गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाएको छ । वृहत मेलम्ची खानेपानी आयोजना समेत तहसनहस पारेको छ । गत असार १ र साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको ज्यान गएको छ, ६ जना घाइते तथा २० जना अझै बेपत्ता छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार