आइतवार, श्रावण २४ गते २०८३

निर्मल निवासमा हजारौँको भिड: फेरि उठ्यो राजतन्त्रको नारा, यस्तो छ कारण

सोमवार , आषाढ २३, २०८२

काठमाडौँ । वि.स २००४ साल असार २३ गते जन्मिएका पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७९ वर्षमा प्रवेश गरेका छन् । आज उनको जन्म दिनको अवसरमा निर्मल निवासको ढोका सर्वसाधारणका लागि पनि खुला गरिएको थियो । शाह जन्मोत्सव कार्यक्रममा पूर्वराज परिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो ।

उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी दल राप्रपाका साथै अन्य राजाजादी संघ–संगठन तथा राजावादी सर्वसाधारण पनि निर्मल निवास पुगेका थिए । घण्टौँसम्म लाइन बसेर पूर्व राजालाई भेटेरै सभुकामना दिन पाउँदा सर्वसाधारण निकै उत्साहित बनेका थिए । त्यहाँ पुगेकाहरुले राजतन्त्र आउन अब ढिला भयो भने देश संकटतर्फ धकेलिने भन्दै राजा आउ देश बचाउको नारा समेत लगाए ।

आफ्नो जन्मोत्सव कार्यक्रममा बाक्लो संख्यामा नागरिक आएपछि पूर्वराजा शाह पनि निकै उत्साहित भए ।  सोहि अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।

उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै  दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’

साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताए । उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं ।

उनले जनता पूर्णरुपमा तयार अब आफू नेतृत्व गर्न पछाडि नहट्ने पनि सन्देश दिएका छन् । शाहको जन्मोत्सव कार्यक्रममा बाक्लो संख्यामा नागरिक आएपछि फेरि राजतन्त्रको बहस सुरु भएको छ । तर, राजसंस्था पुनस्र्थापना नभएसम्म रोकिँदैनौं भनेर गत जेठ १५ गतेदेखि सडकमा उत्रिएका राजावादी नेताहरु गुमनाम बनेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार