आइतवार, श्रावण २४ गते २०८३

आजपनि आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर चिकित्सक माइतीघरमा मण्डलामा

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

२ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक आज माइतीघर मण्डलामा भेला भएका हुन् । माइतीघरमा जम्मा भएका चिकित्सकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए ।

काठमाडौं बाहिर भने चिकित्सक संघको शाखामा भेला हुने र स्वास्थ्य संस्थामा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चरणबद्ध आन्दोलन गरेका सरकारी र निजी अस्पतालमा कार्यरत देशभरका चिकित्सकले असार २३ गतेदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

संघका अध्यक्ष डा. अनिल कार्कीले चिकित्सकको मनोबल गिराउने गरी फैसला आएकाले देशभर आकस्मिक बाहेका सेवा ठप्प पारेको जनाएका छन् । उनले भने, ‘अब उपभोक्ताको नाममा उपचार गराउने बातावरण नभए पछि सेवा बहिष्कार गरेका छौँ । आकस्मिक र सघन उपचार भने सुचारु नै छ, हाम्रो माग सम्बोधन नभए आन्दोलनलाई झन सशक्त बनाउदै लैजान्छौँ ।’

डा. कार्कीले आज नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी भएको बताएका छन् । उनले भने, ‘चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । आज बेलुका सम्म नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी गरेका छौँ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार