काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकस आइपरेको छ । ओलीको प्रधानमन्त्री पद जुनसुकै बेला तलमाथि हुनसक्छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनु पर्ने बाध्यता आएको हो । यदि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाएनन् भने उनले बालुवाटारबाट विदा हुनु पर्नेछ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिनुपर्ने वाध्यता सिर्जना भएको हो। आइतबार नाउपाका सांसद गंगाराम चौधरीसहितको टोलीले सभामुख देवराज घिमिरेलाई भेटेर वर्तमान सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ। संघीय संसद्मा नाउपाका चार सांसद छन्।
हाल प्रतिनिधिसभामा सरकार पक्षमा कांग्रेसको ८८ (एक निलम्बन), एमालेको ७९ (एक निलम्बन), जसपाको ७ र लोसपाको ४ गरी १ सय ७८ मत छ। नागरिक उन्मुक्ति सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिँदैमा ओलीलाई प्रधानमन्त्रीमा रहिरहन कुनै समस्या छैन। तर, अब सरकारलाई समर्थन गरेका कांग्रेस, जसपा र लोसपाका केही सांसदले विश्वासको मत नदिएको खण्डमा भने ओलीको प्रधानमन्त्री पद जानसक्छ ।
किन की पछिल्लो सयम प्रधानमन्त्री ओलीसँग अधिकांश सांसद रुष्ट छन्। कांग्रेसका नेताहरुले पार्टी सभापति देउवालाई सत्ता समिकरण फेर्नको लागि दबाब दिइरहेका छन् । ओलीसँग रुष्ट भएका कांग्रेसका सांसदहरुले विश्वासको मत नदिन पनि सक्छन् । त्यसकारण ओली पछिल्लो समय चिन्तित् बनेका छन् । दुई सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। ओलीलाई आफ्नो पद जोगाउन १३८ सांसदको मत चाहिन्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत कुन दिन लिन्छन् यसबारे केही जानकारी गराइएको छैन ।
संविधानको धारा १०० (२) मा सरकारको नेतृत्व गरेको राजनीतिक दल विभाजित भए वा सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। ओली विश्वासको मत जुटाउन भित्रि तयारीमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष ओली कांग्रेसको समर्थनमा २०८१ सालको असार ३१ गते प्रधानमन्त्री बनेका थिए । सोहि असार १७ गतेको मध्यराति कांग्रेस र एमालेबीचको सहमति अनुसार ओलीले २०८३ को असारसम्म सरकारको नेतृत्व गर्नेछ र, त्यसपछि कांग्रेसलाई सुम्पिनेछन् । जसअनुसार ओली प्रधानमन्त्री रहनको लागि अब विश्वासको मत पाउनुपर्ने हुन्छ ।