आइतवार, कार्तिक ९ गते २०८३

अफगानिस्तानबाट ४३७ नेपालीलाई उद्धार गरी बेलायत लगियो

बुधवार , भाद्र २, २०७८

काठमाडौँ । अफगानिस्तानको काबुलमा रहेका ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगिएको छ । ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत उनिहरुलाई उद्धार गरी बेलायत लगेको हो । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको समाचारमा जनाइएको छ । 

समाचार अुनसार ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ । हाल तालिबानले सत्ता कब्जामा लिएसंगै त्यहाँ रहेका विदेशीहरुसंगै अफगानीहरुले पनि मुलुक छोडीरहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार