काठमाडौं । वषौंदेखी छाँयामा बसेर काम गरेका तालिबानका प्रबक्ता सार्वजनिक भएका छन् । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि तालिबानले बुधवार पहिलो पत्रकार सम्मेलन गर्दा प्रवक्ता जबिहुल्लाह मुजाहिद सार्वजनिक भए र उनैले ले सबैभन्दा धेरे बोले ।
बीबीसीका अनुसार सो ऐतिहासिक पत्रकार सम्मेलनमा उनले धेरै पत्रकारका प्रश्नको जवाफ दिए र शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको बताए । यो हेरिरहेका धेरै पत्रकारका लागि अर्को एउटा कुरा पनि महत्त्वपूर्ण थियो । उनीहरूले मुजाहिदको अनुहार पहिलो पटक देखिरहेका थिए । वर्षौँदेखि मुजाहिदले छायामा रहेर काम गरे र उनी फोनको अर्को तर्फको आवाज मात्रै थिए ।
बीबीसीकी याल्दा हकिमले एक दशकभन्दा लामो समयदेखि बोलिरहेका मुजाहिदले पहिलो प्रश्न नै महिला पत्रकारको लिँदा आफू छक्क परेको बताइन् । तालिबान प्रवक्ताले आफूहरूले भित्र वा बाहिर शत्रु नचाहेको बताउँदै मेलमिलापको कुरा गरे । तर हकिमले त्यो आवाज आफूले मुजाहिदबाट वर्षौँदेखि पाइरहेको सन्देशभन्दा निकै फरक रहेको बताइन् ।
उनले भनिन्, “उनका केही सन्देशहरू चरम हुन्थे । कुनै पढ्दा लाग्थ्यो: ’यो मानिस अमेरिकीको वा अफगान सरकारमा रहेको सबैको रगत पिउन चाहन्छ।’ तर आज उनी त्यहाँ बस्छन् र भन्छन्: कसैलाई पनि बदला लिइने छैन।“ उनी सार्वजनिक भएपछि धेरै पत्रकारहरुले यसबारे लखेको समाचारमा जनाइएको छ । कसैले आवाज भन्दा उनि कम उमेरको देखिएको पनि बताएका छन् ।
बीबीसीको सहयोगमा