काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रीहरुका लागी ३० बुँदे आचारसंहिता निमार्ण बनाइएको छ । जसमा मन्त्रीहरुले मुख्यमन्त्रीको विरुद्धमा बोल्न प्रतिबन्ध लगाइएको छ । मन्त्रिपरिषदबाट पारित भएको आचारसंहितामा मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्न नपाउने उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्रीहरुले जिल्ला छोड्दा मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो मन्त्रिपरिषदले बनाएको ३० बुँदे आचारसंहितालाई केही संशोधन गरी पारित गरिएको हो ।
मन्त्रिपरिषद वा मन्त्रिपरिषदका सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको ४ दलको गठबन्धनबाट गठित सरकारमा १ स्वतन्त्र सांसदसहित ३ दल सहभागी छन् ।