आइतवार, कार्तिक ९ गते २०८३

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

बुधवार , भाद्र २, २०७८

काठमाडौं । विरोधका बावजुद सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् ।  राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गरी संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको जनाएको छ ।  

मंगलबार सरकारले यसअघीको राजनितिक दल विभाजन गर्न ४० प्रतिशत संख्या चाहिने प्रावधानलाई संसोधन गरी २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न पाउने प्रावधानसहित अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो । 

अध्यादेश जारी भएसंगै नेकपा एमाले र जसपा विभाजन हुने देखिएको छ । एमालेको माधव नेपाल समुह र जसपाको महन्थ ठाकुर समुह सितल निवासको निर्णय पर्खेर बसेको समाचार आएका थिए । तर यो अध्यादेशको भने चौतर्फी विरोध भैरहेको छ ।

rajnaitik-adhyades-sital-niwas.jpg   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार