काठमाडौं । सुनसरीको इनरुवामा पति–पत्नी मृत फेला परेका छन् ।
आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।
सवेताको शव भने ओछ्यानमा फेला परेको छ । प्रहरीका अनुसार सुकदेवको शरीर अर्ध नग्न अवस्थामा रहेको छ । उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको छ ।
आइतबार बिहान करिब ९ बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।