काठमाडौं । नेकपा एमालेले बाग्मती प्रदेश संसदिय दलको नेतमा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । प्रदेशसभा सचिवालयमा बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको हो ।
शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन भएसंगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।