आइतवार, कार्तिक ९ गते २०८३

सर्लाहीमा मृत फेला परेकी युवतीको हत्या भएको खुलासा, दुई युवकले किन गरे हत्या ?  

बुधवार , भाद्र २, २०७८

काठमाडौं । सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका दुई युवकले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । गत साउन ३१ गतेदेखी हराइरहेकी लालबन्दी नगरपालिका-१७, रानीगञ्ज निवासी १६ बर्षकी प्रियंका भुजेलको शब मंगलबार गाडिएको अवस्थामा फेला पारिएको थियो ।

हत्यामा संलग्नहरुकै वयानको अधारमा किशोरीको शव प्रहरीले लालबन्दी नगरपालिका-६ स्थित कालिन्जोर खोला छेउमा गाडिएको ठाँउबाट निकालेको थियो । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेका छन् । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

अनुसार उनका अनुसार किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने छ । घटनाको विरोधमा मृतकका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन् । किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार