बुधवार, आश्विन १४ गते २०८३

काठमाडौँ उपत्यकासहित ४३ जिल्लामा बाढीको जोखिम, एल्लो अलर्ट जारी (सूचनासहित)

सोमवार , श्रावण ५, २०८२

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावका कारण भइरहेको वर्षाले बाढीपहिरोको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार अविरल वर्षाका कारण विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको हो । सोमबार बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेलधुरा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, धनकुटा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

बाढी महाशाखाले उल्लखित ४३ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै सम्बन्धित क्षेत्रमा रहेका बासिन्दालाई होसियारी अपनाउन सुझाव दिएको छ।

ba1-1-594x768.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार