काठमाडौं । कोरो्ना संक्रमणका कारण राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ। सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा ६७ वर्षीय शेरचनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने जनाइएको छ। शेरचनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए।
संविधानसभाका पूर्व सदस्य समेत रहेका उनी वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्ष र मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन्। उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।