आइतवार, कार्तिक ९ गते २०८३

दु:खद खबर: रसुवामा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । पहिरोले घर पुरिंदा दक्षिणी रसुवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर आज बिहान ३ बजेतिर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो। अर्का एक बच्चाको खोजीकार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले  पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएको जानकारी दिए। श्यामबहादुर घाइते छन्। 

श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार