काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक भोली फेरी बस्ने भएको छ ।
आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको रभोली यस विषयमा थप छलफल हुने जनाइएको छ ।
कार्यदलका सदस्य गोकर्ण विष्टले बैठकपछि छलफल सकारात्मक भएको बताए । विमतिका विषयहरुमा कार्यदलका सदस्यहरुले आफ्ना महत्वपूर्ण सुझाव राखेको जानकारी दिँदै पार्टी एकताका लागी भएको प्रयासमा प्रगती भएको बताए ।