आइतवार, कार्तिक ९ गते २०८३

बिहिबारका लागी तय लुम्बिनी प्रदेश सभा बैठक स्थगित 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । प्रतिपक्षीको अवरोधका कारण लगातार अबरुद्ध हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागी तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारण भन्दै स्थगित गरिएको छ । 

स्थागित बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार